ओ मित्र !!!

कम्ब्याक्ट ड्रेस्स लाऊदैमा सिपाही हुन्नौ मित्र
बन्दुक बोकेर देशलाई बचाएर देखाऊ

जिपिए ल्याउदैमा ठुलो हुन्नौ मित्र
जागिर खाएर परिवार हसाएर देखाऊ

आफुले बुझ्दैमा ठुलो प्रोफेसर हुन्नौ मित्र
विद्यार्थीलाई शिक्षा बुझाएर देखाऊ

खेत खन्दैमा किसान हुन्नौ मित्र
खानेको खेतमा धनको बाला झुलाएर देखाऊ

एनआरएन हुँदैमा पैसा कमान्न मित्र
मेची महाकाली रेल कुदाएर देखाऊ

खेल खेल्दैमा खेलाडी हुन्नौ मित्र
विश्व कपको सिल्ड उठाएर देखाऊ

चुनाव जित्दैमा नेता हुन्नौ मित्र
प्रधानमन्त्री भएर देश चलाएर देखाऊ

छोरी जन्माउदैमा बुवा हुन्नौ मित्र
देशको बुवा भएर देश डोर्यएर देखाऊ

यती लेख्दैमा म कबी हुन्न मित्र
वाह वाह गरेर मलाई कबी बनाएर देखा

1 comments:

अनिल पौडेल December 13, 2009 at 7:08 AM  

वाह! वाह! वाह! कवि वाह! वाह! वाह!

Post a Comment

few words please....


ShoutMix chat widget